Harsamaya
सोमबारको विदेशी मुद्राको विनिमयदर कति?
सांकेतिक तस्वीर: हर समय/Har samaya

नेपाल राष्ट्र बैङ्कले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्रीदर १३६ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिद दर १६० रुपियाँ ५९ पैसा र बिक्रीदर १६१ रुपियाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १५ पैसा र बिक्रीदर १८६ रुपियाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ७० पैसा र बिक्रीदर १७२ रुपियाँ ४६ पैसा कायम भएको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ३४ पैसा र बिक्रीदर ८९ रुपियाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २२ पैसा र बिक्रीदर १०० रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ९८ पैसा र बिक्रीदर १०७ रुपियाँ ४५ पैसा तोकिएको जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३६ पैसा र बिक्रीदर ३६ रुपियाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा कायम भएको छ।

त्यस्तै,थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३० पैसा र बिक्रीदर ३२ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०१ पैसा र बिक्रीदर १० रुपियाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २६ पैसा र बिक्रीदर १४ रुपियाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३७ पैसा र बिक्रीदर १७ रुपियाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ १६ पैसा र बिक्रीदर ४४९ रुपियाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपियाँ २४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ५९ पैसा र बिक्रीदर ३५६ रुपियाँ १५ पैसा ,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०६:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update