Harsamaya

काठमाडौं - इड्राइभ नेपालले हजार स्वरोजगार योजनामार्फत एक वर्षमा एक हजारवटा स्कुटर याङ्गो राइडरलाई भाडामा दिने भएको छ ।

शुक्रबार काठमाडौंको जमलमा एक कार्यक्रम गरी ग्रामिड क्षेत्रबाट आएका विद्यार्थीहरु राइडरहरुलाई सहयोग पुग्नेगरी एक वर्षमा एक हजार स्कुटर भाडामा उपलब्ध गराउने भएको हो ।

ईड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केका अनुसार सवारी साधनहरु रेन्टल सेवा, किस्ताबल्दी सिस्टम, सस्तो दरमा गाडि नै किन्न पाइनुका साथै आफूले लगानी गरी जोडिन सकिन्छ ।

अध्यक्ष मास्केले भने, ‘विशेषगरी ग्रामीण क्षेत्रबाट आएका विद्यार्थी राइडरहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्य हो । साथै कोही राइडरहरुले प्लेटफर्म पाउनुभएको छैन, साधन पाउनुभएको छैन भने जोडिन सक्नुहुन्छ । हामी गाडीहरु चार तरिकाले उपलब्ध गराउनेछौं, एउटा रेन्टल सेवा, किस्ताबल्दी सिस्टम, गाडि नै खरिद र अन्य लगानी मार्फत पनि जोडिन सकिन्छ ।’

उनले हजार स्वरोजगार योजना इ ड्राइभ नेपाल, तपाईको बजार डटकम र परिमितल ग्रुप मिलेर ल्याएको जानकारी दिए । उनले यस सेवामार्फत रोजगार उपलब्ध गरेको बताए ।

‘हाम्रो सपना तीन वटा टिम मिलेर बनेको हो । एउटा इ ड्राइभ नेपाल, तपाइको बजार डटकम र अर्को परिमितल ग्रुप मिलेर सानो प्रयास गरेका छौ । यो जब क्रिएसन हो । जुन राज्यले गर्नुपर्ने हामीले गरेका छौ,’ उनले भने । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update