Harsamaya

काठमाडौं - पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न भएको छ ।

बुधबार पाशुपत क्षेत्रमा जात्रा विधिवत रूपमा गुर्जुको पल्टनले समाली सहित तीन पटक तोप पड्काएर जात्राको शुरूवात गरिएको हो ।

जात्राको ऐतिहासिकता विंक्रम संवत् १९०४ मा  तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा र उनकी श्रीमती रानी गंगा राणाको पालामा सञ्चालन भएको भाषावंशावलीमा इतिहास पाइने भण्डारखाल तहबिलका द्वारे रामकृष्ण डंगोलले बताए ।

उनले यो जात्रा भगवान शिवसँग प्रत्यक्ष रूपमा जोडिएको जात्रा हो । यो शिवलाई आरधाना गरिएर यो जात्राको शुरूवात गरिएको किंवदन्ती पाइने बताए ।

उनले भने, ‘यो जात्राको ब्यवस्थापन गुठी संस्थान अन्तरगतको पशुपति गोस्वार कार्यालयले गर्दै आईरहेको छ । जात्रामा परिचालित ब्यक्तिहरू अमालकोट कचहरी र मूर्तिहरूमा  अमालकोट कचहरी अन्तरगतका ब्यक्तिहरू रहने गर्दछन् । जसले देविको संरक्षण सुरक्षा सहित गरगहनालाई सुरक्षा प्रदान गर्नेछन् ।’

यो जात्रा बीस १९०४ बाट शुरूवात गरिएको भन्ने रहेको अमालकोट कचहरीका द्वारे डंगोलले बताए । पाशुपत क्षेत्रको आर्यघाट नजिकैको गंगामाईको मन्दिरमा रहेको मूर्तिलाई संरक्षित गरेर राख्ने र नगरपरिक्रमा गर्ने गरिन्छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update