Harsamaya
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरोको भाउ,  कति छ आज विदेशी मुद्राको विनिमय दर ?
सांकेतिक तस्वीर: हरसमय/ Har samaya

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, आज युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ६७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८०पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०० पैसा र बिक्रीदर १०० रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

यसैगरी थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा,साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा कायम भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४ रुपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ  ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update