
काठमाडौं - नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ २४ पैसा र बिक्रीदर १३८ रुपियाँ ८४ पैसा तोकिएको छ ।
यसैगरी आज युरोपियन युरो आज एकको खरिददर १५९ रुपियाँ२० पैसा र बिक्रीदर १५९ रुपियाँ ८९ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपियाँ ५१ पैसा र बिक्रीदर १८७ रुपियाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रुपियाँ ०७ पैसा र बिक्रीदर १६९ रुपियाँ ८० पैसा,अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ६४ पैसा र बिक्रीदर ९० रुपियाँ ०३ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कले क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ८६ पैसा र बिक्रीदर १०१ रुपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ५८ पैसा र बिक्रीदर १०८ रुपियाँ ०५ पैसा,जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २५ पैसा र बिक्रीदर १९ रुपियाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९२ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ निर्धारण गरिएको छ ।
यस्तै, थाई भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५१ पैसा र बिक्रीदर ३२ रुपियाँ ६५ पैसा,साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १० पैसा र बिक्रीदर १० रुपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३२ पैसा र बिक्रीदर १४ रुपियाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३४ पैसा र बिक्रीदर २१ रुपियाँ ४३ पैसा तोकिएको छ ।
केन्द्रीय बैङ्कका अनुसार हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६१ पैसा र बिक्रीदर १७ रुपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ ४० पैसा र बिक्रीदर ४५३ रुपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ५४ पैसा र बिक्रीदर ३६८ रुपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ०४ पैसा र बिक्रीदर ३६० रुपियाँ ६० पैसा रहेको छ । भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा कायम गरिएको छ ।