Harsamaya
सभामुखले विवेक गुमाए, आन्दोलन रोकिन्न : सांसद ढकाल 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकाल ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सभामुख देवराज घिमिरेले आफ्नो विवेकको सही रूपमा सदुपयोग नगरेको आरोप लगाएका छन् । 

शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफ्नो पार्टीको असहमतिका बाबजुद पनि सदन चलाउनु ठीक नभएको र यसलाई सरकारले गम्भीर रूपमा नलिएको बताए ।

उनले आफूहरूले अघि सारेका पाँच बुँदे माग पुरा नहुँदासम्म संसदमा आन्दोलन जारी राख्ने बताए । उनले आउने महाधिवेशनमा पनि संविधानले दिएसम्म पार्टीको सभापति रवि लामिछाने नै हुने बताए ।

‘जुन उद्देश्यले पार्टी खोलेका थियौँ त्यसमै अडिग भएर काम गरि रहेका छौं । पार्टी सभापतिले कारागारमै रहेपनि देश बनाउने जुन अभियान संचालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्धक हुँदैन,’उनले भने ।

‘रास्वपा स्थापनाकालदेखि नै उतारचढावपूर्ण अवस्थामा छ । यथास्थितिमा रमाउने दलहरूले राजनीतिक प्रतिशोध साँधेका छन् । तथापि देशैभरि सांगठनिक अभियान व्यापक रुपमा चलिरहेको छ । जनताको आवाज बोल्ने कोशिसमा छौँ,’उनले अगाडि भने,‘ यसैबीचमा भिजिट भिसा प्रकरणको लागि आन्दोलनमा उत्रिनुपर्यो ।  जुन उद्देश्यले पार्टी खोलेका थियौं त्यसैमै अडिन भएर काम गरि रहेका छौँ । नेतृत्वलाई जुन किसिमको प्रतिशोध साँधेर कारागार चलान गरिएको छ, त्यसमा कारागारका चारवटा भित्ता र टिनको छाँयाले आफ्नो विचारमा निर्भिक भएर देश बनाउने जुन अभियान संचालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्धक बनेको छैन ।’ 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update