Harsamaya

काठमाडौं - नेकपा एमालेका सांसद योगेश भट्टराईले हेवा खोलामा निर्माणाधीन बेल ब्रिज पुल निर्माणको लागि छिटो पहल गर्नुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा उनले जेठ ३१ गते हेवा खोलामा निर्माणाधीन बेल ब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको भन्दै यसलाई पुन निर्माण गर्न छिटो पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘जेठ ३१ गते हेवा खोलामा निर्माणाधीन बेल ब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको छ । यो पुल गएको दुई वर्षदेखि बनाउने क्रममा दुर्घटनाग्रस्त हुँदै आएको छ । जसले गर्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरूमा यातायात अवरुद्ध हुँदै आएको छ । यसपालि पनि मनसुनको सिजन आउँदै छ ।

सरकारले अन्तिम चरणमा पुर्‍याएको पुल फेरि भत्किएको छ । यसबाट स्थानीयको साथै पर्यटकहरूलाई पनि प्रभाव परेको छ । उक्त पुल पुन निर्माणको लागि छिटो पहल गर्नुपर्छ ।’

उनले उक्त दुर्घटनामा त्यहाँ काम गर्ने मजदुरहरूको मृत्यु भएको भन्दै उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली पनि व्यक्त गरेका छन्  ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update