Harsamaya
नेपाल–भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति बैठक काठमाडौँमा सुरु
नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समितिको महत्वपूर्ण बैठक शनिवार नेपालको राजधानी काठमाडौँमा सुरु।

काठमाडौं - नेपाल-भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समितिको महत्वपूर्ण बैठक शनिवार नेपालको राजधानी काठमाडौँमा सुरु भएको छ ।

दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार सिंहले गरेका हुन् ।

त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय उपाध्यक्ष अर्चना सिंहको समेत सहभागिता रहेको छ । कार्यक्रममा नेपाल र भारतका विभिन्न प्रदेशहरूबाट ७ भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ, जसमा समाजसेवी, राजनीतिक विश्लेषक, विद्यार्थी प्रतिनिधि, उद्यमी तथा नागरिक समाजका अगुवा व्यक्तित्वहरू समावेश छन् ।

बैठकमा दुई देशबीचको बहुआयामिक सम्बन्ध-सांस्कृतिक, आर्थिक, शैक्षिक तथा सीमावर्ती सहकार्य बारे व्यापक छलफल हुने जनाइएको छ ।

सोही क्रममा अध्यक्ष अनुप कुमार सिंहले नेपाल र भारतको सम्बन्ध केवल भौगोलिक मात्र होइन, भावनात्मक, ऐतिहासिक र सांस्कृतिक गहिराइमा आधारित रहेको भन्दै यस बैठकमार्फत युवालाई नेतृत्वमा ल्याउँदै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने योजना लिएको बताए ।

बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा साझा परियोजनाहरू अगाडि बढाउने, शिक्षा र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने, र आपसी भ्रमण तथा सांस्कृतिक आदान प्रदान बढाउने विषयमा ठोस प्रस्तावहरू अघि सारिनेछ ।

बैठक दुई दिनसम्म सञ्चालन हुने छ र अन्तिम दिन संयुक्त घोषणापत्र जारी गरिने बताइए को छ, जसमा भविष्यका रणनीति, कार्यक्रम र कार्ययोजनाहरू समावेश हुनेछन् ।

नेपाल–भारत मैत्री संगठनको स्थापना कालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको मा भएको हो।हालसम्म २ वटा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भइसकेका छन् । संगठनले सीमा क्षेत्रमा १०  भन्दा बढी स्वास्थ्य शिविर, १२ शैक्षिक सहयोग कार्यक्रम, र ५ संयुक्त सांस्कृतिक महोत्सव आयोजना गरिसकेको छ ।

बैठकको संयोजन काठमाडौँ महानगर समितिले गरेको हो भने सहयोगी संस्थाका रूपमा विभिन्न सामाजिक संघ–संस्थाहरूको सक्रिय सहभागिता रहेको छ । कार्यक्रममा विभिन्न प्रदेशका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय समितिका सदस्यहरु र नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय कमिटीका महासचिव समा थापाको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ०६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update