Harsamaya
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर असार १६ देखि निष्कासन हुने
तेह्रथुम पावर कम्पनी लिमिटेड ।

काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असार १६ देखि हकप्रद सेयर निष्कासन गर्न लागेको छ 

कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १:१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

लगानीकर्ताले हकप्रद शेयरका लागि आगामी साउन ४ गते सम्म आवेदन दिन पाउनेछन् । यसअघि कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र हकप्रद शेयर खरिदका आवेदन दिन पाउने छन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती पाएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update