Harsamaya
नवौँ पिएम कप एनभीए लिगको उपाधि जित्दै टिप टप हेल्प नेपालले रच्यो  इतिहास
नवौँ पिएम कप एनभीए लिगको उपाधि टिप टप हेल्प नेपाललाइ ।

पोखरा - टिप टप हेल्प नेपालले नवौँ संस्करणको पिएम कप एनभीए लिग (पुरुषतर्फ) को उपाधि जितेको छ ।  । यो उपाधि हेल्प नेपालको पाँचौँ एनभीए लिग उपाधि हो । बिहीबार सम्पन्न फाइनल खेलमा हेल्प नेपालले सानदार पुनरागमन गर्दै घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ ले पराजित ग¥यो । यससँगै हेल्प नेपालले लगातार तेस्रो पटक उपाधि उचाल्ने गौरव हासिल गरेको छ भने यो जितसँगै टोलीले मालदिभ्समा आयोजना हुने काभा क्लब च्याम्पियनसिपका लागि पनि छनोट भएको छ ।  

गत वर्ष नेपालमै सम्पन्न काभा क्लब च्याम्पियनसिपमा पनि हेल्प नेपाल र गण्डकीले आमने–सामने प्रतिस्पर्धा गरेका थिए। पोखराको कभर्ड हलमा गण्डकी प्रदेश गत वर्षको फाइनलको हारको बदला लिन दृढ देखिएको थियो। सोहीअनुसार उसले खेलमा उत्कृष्ट सुरुवात गर्दै पहिलो दुई सेट २५–२० र २७–२५ को स्कोरमा जितेको थियो।

एक सेट मात्र जिते पुग्ने अवस्थामा रहेको गण्डकीलाई हेल्प नेपालले चमत्कारिक पुनरागमनका साथ रोक्न सफल भयो। बाँकी तीन सेट क्रमशः २५–२२, २५–१४, र १५–८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले उपाधि सुरक्षित ग¥यो।

गण्डकी प्रदेशले फेरि एक पटक उपाधिको नजिक पुगे पनि जित हात पार्न सकेन। लगातार तेस्रो पटक च्याम्पियन बनेको हेल्प नेपाल यसअघि तेस्रो र पाँचौँ संस्करणमा पनि विजेता रहन सफल भएको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update