आजको प्रदर्शनका लागि ७८३ ट्राफिक प्रहरी सडकमा
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - काठमाडौंमा आज हुन लागेको प्रदर्शनका लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
बिहीबार काठमाडौंमा नेकपा एमाले र राजावादीहरूको आन्दोलनलाई केन्द्रित गरी सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो ।
काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।
उनले आवश्यक परे डाइभर्सनहरु गर्ने पनि जानकारी दिएका छन् ।
 
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १३:०९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
