राजावादीद्वारा हेटौँडामा विशाल र्यालीसहित जनप्रदर्शनी

हेटौँडा - राजावादीहरूले हेटौँडामा विशाल र्याली निकालेर जनप्रदर्शनी गरेका छन् । राजावादी मोर्चाद्वारा आयोजना गरिएको विशाल जनप्रदर्शनीमा हजारौँको सहभागिता रहेको थियो । र्यालीमा करिब १ हजार ५ सय बढी मोटरसाइकल र १ सय बढी कारको समेत सहभागिता थियो ।
हेटौँडाको सानो पोखराबाट सुरु भएको मोटरसाइकल र्याली ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक ,कमाने, नागस्वती चोक, गौरीटार चोक हुँदै फेरि पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।
जनप्रदर्शनमा राजा ल्याऊ देश बचाउ, गणतन्त्र धोका हो राजतन्त्र जिन्दाबाद, २०४७ सालको संविधान लागु गर गणतन्त्र खारेज गर भन्ने नारा सहितको जनप्रदर्शनले हेटौँडा सहित मकवानपुरको मुख्य सडक तताएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ ०८:१५
प्रतिक्रिया दिनुहोस्