Harsamaya
 प्रा.डा विश्वनाथ पौडेल गभर्नरमा नियुक्त
प्रा.डा विश्वनाथ पौडेल ।

काठमाडौं - गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको प्रवक्ता एंव सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । 

उनले भने, ‘डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको मध्यबाट नियुक्त गर्ने निर्णय भएको छ । एकदमै लामो प्रतिक्षामा रहेको विषयको आज टुङ्गो भएको छ ।’

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । 

पौडेल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त भएका हुन् । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।जसमा पहिलो नम्बरमा पौडेल रहेका थिए भने दोस्रोमा निलम ढुंगाना र तेस्रोमा दिनेश भट्टराई रहेका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update