विश्व पौडेललाई गभर्नर बनाउन दुई नेता सहमत, गभर्नर सिफारिस समितिको बैठक बोलाइयो

काठमाडौं - नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट विश्व पौडेललाई बनाउने सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच कांग्रेस निकट विश्व पौडेललाई गर्भनर बनाउन सहमति भएको छ । मंगलबार दुई नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलका क्रममा पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ ।
कांग्रेस र एमालेबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमत्ति जुट्न नसक्दा नेपाल राष्ट्र बैंकले गर्भनर पाउन सकेको छैन ।
आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक मंगलबार दिउँसो ४ बजे बस्ने गरी बोलाएका हुन्। लगत्तै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ १५:२९
प्रतिक्रिया दिनुहोस्