
काठमाडौं - काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका छन् । मंगलबार बस्नेतले सुनकोसी गाउँपालिका- २ मा नवनिर्मित ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् । सो चौकीको उद्घाटन रोक्न गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले आइतबार विज्ञप्ति नै जारी गरेका थिए ।
भ्रष्टाचार मुद्दा लागेका बस्नेतलाई चौकी उद्घाटन गर्न नदिने र कसैले गराए कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए । त्यसको बाबजुद काँग्रेसका सयौं नेता कार्यकर्ताको उपस्थितिमा बस्नेतले चौकी उद्घाटन गरेका हुन् ।
सोमबार नै बस्नेतले लिसंखुपाखरमा गाउँपालिकामा निगाले नारगाउँ खानेपानीको उद्घाटन गरेका थिए । कार्यक्रम रोक्न गाउँपालिका अध्यक्षले विज्ञप्तिनै जारी गरेपनि बस्नेतले खानेपानीको उद्घाटन भव्य रूपमा गरेका थिए ।
काठमाडौं देखिनै नेता कार्यकर्ताको स्कर्टिङमा जिल्ला पुगेका बस्नेतलाई नेता कार्यकर्ताले बाजा गाजासहित भव्य स्वागत गरेका थिए । त्यति मात्रै होइन सो कार्यक्रममा सयौं संख्यामा अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका थिए ।
यो पनि पढ्नुहोस