Harsamaya
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा
पानी परेपछि काठमाडौंमा ।

काठमाडौं - आइतबार दिउँसोदेखि काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा पानी परिरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरुमा पानी परिरहेको हो ।

काठमाडौं उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मीलगायतका जिल्लामा पानी परिरहेको र चट्याङ परेकाले सतर्कता अपनाउन विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ । पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ ।

त्यसपछि धेरै वर्षा काभ्रेको खोपासी (पनौती) क्षेत्रमा १० मिलिमिटर वर्षा भएको छ ।गत १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा भने स्याङ्जामा रेकर्ड भएको छ ।

स्याङ्जामा १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ ।कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने फाट फुट्ट मात्र पानी परेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update