Harsamaya
सगरमाथा संवादको आज दोस्रो दिन, २३ टोलीले छलफलमा भाग लिदैं
‘सगरमाथा संवाद’ कार्यक्रम ।

काठमाडौं - शुक्रबार देखी काठमाडौंमा सुरू भएको अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रममा आज छलफल सेसन चल्दैछ ।

हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा हिजो देखी सगरमाथा संवाद कार्यक्रम सुरू भएको हो । 

सोल्टी होटेल, ताहाचलमा बिहान ९:३० बजेबाट सुरू हुने आजको छलफल कार्यक्रममा १७५ विदेशी पाहुनासहित ३५० जनाले सहभागीता जनाउँदै छन् ।

परराष्ट्र मन्त्री आरजु राणा देउवाका अनुसार जेठ ४ गतेसम्म गरी तीन दिनसम्म चल्ने यो ‘सगरमाथा संवाद’ कार्यक्रमको जलवायु परिवर्तन सम्बन्धी मुख्य विषय छलफल हुनेछ ।

 यस्तो छ कार्यतालिका
छलफल सत्रः अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको हो। संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ। हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ। प्रत्येक प्रतिनिधिमण्डललाई ५ मिनेटको बोल्ने समय प्राप्त हुने छ। कार्यक्रम बिहान ११:३० मा सुरू भई अपरान्ह १:३० बजे सम्पन्न हुनेछ।

त्यसपछि विशिष्ट अतिथिहरूलाई सगरमाथाको हवाई यात्रालगायत विभिन्न कार्यक्रमहरू गरिनेछ ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update