-1747206226.jpg)
काठमाडौं - नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष सुरु भएसँगै वैशाख १ देखि २८ गतेसम्म ७३२ वटा विपद्का घटनाहरू भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ७३२ वटा विपद्का घटनाहरूमध्ये २१ जनाको मृत्यु तथा अनुमानित १७ करोडको क्षति हुन पुगेको बताएका हुन् ।
उनले भने, ‘प्रि मनसुन सुरु भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै बास भएको छ । वैशाख १ देखि २८ गतेसम्मको डाटा हेर्ने हो भने ७३२ वटा विपद्का घटनाहरू भए । २१ जनाको मृत्यु भयो, अनुमानित १७ करोडको क्षति हुन पुग्यो ।’
साथै, उनले सरकारका आपसी निकायहरूकाबीचमा समन्वय नहुँदाखेरी विपद्को उद्धार र व्यवस्थापनमा ढिलाई भैइराखेको बताए । उनले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडक भासिएका कारण पूर्ण रूपमा बन्द भएको समेत बताए ।
उनले भने, ‘सरकारका आपसी निकायहरूकाबीचमा समन्वय नहुँदाखेरी विपद्को उद्धार र व्यवस्थापनमा ढिला भैइराखेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडक भासिएका कारण पूर्ण रूपमा बन्द भएको छ । तातोपानीबाट ल्याइएका स्याउ, लसुनलगायतका ३० वटा कन्टेनर र ५०० भन्दा बढी विद्युतिय सवारी साधनहरू यसबेला तातोपानीमा अलपत्र छन् ।’