Harsamaya
रविन्द्र मिश्रलगायत सबैको रिहाइ गर्न माग
राष्ट्रवादी देशभक्त जनता ललितपुरले सम्पूर्ण आस्थाका बन्दीहरूलाई रिहाइको माग गरेका छन् ।

काठमाडौं - राष्ट्रवादी देशभक्त जनता ललितपुरले सम्पूर्ण आस्थाका बन्दीहरूलाई रिहाइको माग गरेका छन् ।

शनिबार राष्ट्रवादी देशभक्त जनता ललितपुरले चैत १५ गते गरेको राजावादी प्रदर्शनमा पक्राउ परेका आस्थाका बन्दीहरू रविन्द्र मिश्र लगायतका ६० भन्दा बढि व्यक्तिहरूलाई रिहाइ गर्न माग गरेको हो ।

उक्त रिहाइको मागलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पनि एक्यबद्धता जनाएका छन् । उनले एक्यबद्धता जनाउँदै आस्थाका बन्दीहरू रविन्द्र मिश्र लगायतका बन्दीहरू अपराधी नभएको बताए । उनले उनीहरूले कुनै हिंसात्मक अराजक गतिविधि नगरेकोले तत्काल रिहाइ गर्न सरकारसँग आग्रह गरे । 

उनले भने, ‘राष्ट्रवादी देशभक्त साथीहरूबाट आयोजना भएको यो दवाबमुलक कार्यक्रममा एक्यबद्धता प्रकट गर्न म यहाँ आएको हुँ । म सरकारलाई आग्रह गर्न चाहन्छु । यी आस्थाका बन्दीहरू रविन्द्र मिश्र लगायतका बन्दीहरू अपराधी होइनन् , उनीहरूले कुनै हिंसात्मक अराजक गतिविधि गरेका छैनन् । उनीहरू विचारका योद्धाहरू हुन् । त्यसैले तत्काल सरकारले रिहाइ गर्नुपर्छ ।’

साथै उनले वर्तमान निरकुंश र भ्रष्ट सरकारले उनीहरूमाथि अन्याय र अनेकौँ झुटा मुद्दाहरू लगाउने दुष्प्रयास गरिराखेको बताए । उनले विना प्रमाण रविन्द्र मिश्र लगायतका आस्थाका बन्दीहरूलाई ४३ दिनदेखि थुनामा राखेको बताए ।

उनले भने, ‘सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणा, नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं, पशुपति खड्का, सन्तोष सिलवाल, कमल विष्ट लगायतका ६० भन्दा बढि व्यक्तिहरूलाई थुनामा राखेको छ । उनीहरू कुनै अपराधी होइनन् । उनीहरूले संविधानद्वारा प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र विना हातहतियार भेला हुन पाउने अधिकारको उपयोग गरेका हुन् ।  तर वर्तमान निरंकुश सरकारले, भ्रष्ट सरकारले उनीहरूमाथि अन्याय र अनेकौँ झूटा मुद्दाहरू लगाउने दुष्प्रयास गरिराखेको छ । उहाँहरुलाई ४३ दिनदेखि थुनामा राखेको छ ।’
 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update