
काठमाडौं - नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंकले लामो समयसम्म राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुन नसकेको भन्दै आपत्ति जनाएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले गभर्नरको पद रिक्त हुनुभन्दा एक महिना अगावै गभर्नर नियुक्ति गर्नुपर्ने भएपनि गभर्नर पद खाली भएको एक महिनाभित्र गभर्नर नियुक्ति नहुनु सरकारको लज्जाको विषय रहेको जनाएको हो ।
विचाैलियाको दाउपेच र सिमित व्यक्तिको स्वार्थका कारण केन्द्रीय बैंकको गभर्नर नियुक्ति षड्यन्त्रपूर्वक ढिलासुस्ती गरेकोप्रति संघको ध्यानाकर्षण भएको उल्लेख्य छ । बैंकका वर्तमान कार्यवाहक नेतृत्वका कारण यस्तो अवस्था आएको संघले आरोप लगाएको छ ।
आफूलाई काविल भन्दै गभर्नरको दाबेदार प्रस्तुत गरिरहेका वर्तमान नेतृत्वले एक जना कर्मचारीको राजीनामासमेत स्वीकृत गर्न नसक्नुजस्तो लाचारीपन व्यक्त भईरहेको महसुस भएको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।