Harsamaya
रोहित शर्माले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा 
भारतीय ब्याट्सम्यान रोहित शर्मा ।

काठमाडौं - भारतीय ब्याट्सम्यान रोहित शर्माले बुधबार टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले यो जानकारी आफ्नो इन्स्टाग्राममा दिएका छन्। यद्यपि, रोहितले एकदिवसीय ढाँचामा भारतीय टोलीबाट खेल्न जारी राख्नेछन्।

इन्स्टाग्राममा सेयर गरिएको स्टोरीमा रोहितले भने, ‘म केवल यो भन्न चाहन्छु कि म टेस्ट क्रिकेटबाट सन्यास लिइरहेको छु, सेतो जर्सीमा मेरो देशको प्रतिनिधित्व गर्नु मेरो लागि ठूलो सम्मानको कुरा हो।’ उनले लेखे, ‘वर्षौंदेखि मैले पाएको माया र समर्थनको लागि सबैलाई धन्यवाद। म भारतको लागि एकदिवसीय ढाँचामा खेलिरहनेछु।’

रोहितले २०२४ को टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । रोहितले टेस्ट क्रिकेटमा ६७ टेस्ट म्याचको ११६ इनिङमा ४०.५७ को औसतमा ४३०१ रन बनाएका छन् । जसमा १२ शतक र १८ अर्धशतक समावेश छन्।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update