Harsamaya
त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको बनाइने
राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं - सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने भएको छ । 

शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिने बताएका हुन् ।

उनले भने, ‘ रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी तहको सहकार्यमा गरिने व्यवस्था मिलाइनेछ । त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकट मैदानमा रूपान्तरण गरिने छ ।’ 

साथै उनले खेलकुद पूर्वाधारको विकासमा तीन तहको सरकार तथा निजी क्षेत्रलाई पनि संलग्न गराउने बताए । खेलकुद क्षेत्रलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसँग जोडेर कार्यक्रम बनाइने उनले बताए।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update