शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् ।
स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । तर प्रधानमन्त्रीको सचिवालयले राजीनामाबारे जानकारी नभएको जनाएको छ ।
चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका बेला मन्त्री भट्टराईको राजीनामा आएको हो । उनले शिक्षा ऐन पारित नभए राजीनामा दिने बताएकी थिइन् ।
 
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १७:५७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
