शिक्षा मन्त्री भट्टराईको प्रतिबद्धता पछि आन्दोलन स्थगित
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् ।
सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन स्थगित गरेका हुन् ।
चापागाईं ८ दिनदेखि आन्दोलनमा थिए ।
ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग उनले राखेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २२:२१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
