 
                                                    काठमाडौं - ललितपुरको महालक्ष्मी नगरपालिका - ९ लुभुमा कुमारी पूजा गरिएको छ । लुभुमा रहेको महालक्षमी र महाभैरव मन्दिरको प्रांगणमा शनिबार ५७ जना कुमारीको पूजा गरिएको हो ।
महालक्ष्मी जेष्ठ नागरिक समाजको आयोजनामा चैते दशैंको अवसरमा सामूहिक कुमारी पूजा गरिएको महालक्ष्मी जेष्ठ नागरिक समाजका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए । केही कामहरू पूरा होस् भन्ने संकल्पका साथ पूजा गरिने उनले बताए । कुमारीलाई महालक्ष्मी, दुर्गा र सरस्वतीको रूपमा पूजा गर्ने चलन छ ।
महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ, उपमेयर लक्ष्मी महर्जन र ज्येष्ठ नागरिक रघुनाथ श्रेष्ठले संकल्प पूजा गरिसकेपछि सुरुमा कुमार गणेश पूजा, ५७ जना कुमारी पूजा गरेपछि अन्तिममा कुमारको पूजा गरिएको श्रेष्ठले जानकारी दिए । नेवार बस्ती भएका देशका विभिन्न स्थानमा कुमारी पूजा गर्ने गरिएको उनले बताए ।
भिडियो :-


![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/800X600/Khagendra-1761903117.jpg) 
                                                        
                                                    ![अहिले एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन : प्रकाशशरण महत [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/800X600/prkasha-saran-(1)-1761741565.jpg) 
                                                        
                                                     
                                                        
                                                     
                                                        
                                                     
                     
                     
                     
                     
                     
                    