Harsamaya
अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडाउँदा प्रति उडान १० हजार शुल्क 
हेलिकोप्टर।प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

पोखरा - अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा शुल्क लाग्ने भएको छ । अन्नपूर्ण गाउँपालिकाले आफ्नो ठाउँमा निश्चित मापदण्डका आधारमा अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा शुल्क लिन सुरु गरिएको पालिकाले जनाएको छ । 'अन्नपूर्ण गाउँपालिका अन्नपूर्ण आधार शिविर हेलिकप्टर उडान पर्यटन शुल्क व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१' रहेको छ । 

२०७९ सालमा बनाएको कार्यविधिमा पालिकाले संशोधनसहित फागुन १ गते राजपत्रमा प्रकाशन गरेको पालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । अन्नपूर्ण बेसक्याम्पमा विभिन्न देशका पर्यटकहरू हेलिकोप्टरमार्फत आउने हुँदा आफूहरूले उचित ढंगले व्यवस्थापन गर्न उक्त कार्यविधिसहित नियमन र अनुगमनसमेत गर्ने भएको उनले बताए ।

कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टर उडान गरी ल्याण्ड गर्ने विभिन्न कम्पनीहरूले अबदेखि प्रति उडानको १० हजार रुपैयाँ शुल्क तिर्नु पर्ने कानुनी व्यवस्था गरेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताए । 

अन्नपूर्ण गाउँपालिकाले हेलिकप्टर उडानमा पर्यटन शुल्क लिने गरी कार्यविधि बनाएको बताउँदै उनले अनुमति विना उडान गर्ने हेलिकोप्टरको लागि अवतरण गर्न नदिने बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update