Harsamaya
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८७५ जनालाई कारबाही
प्रतिकात्क तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९८, सिसिटिभिमार्फत ३२, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा १६, अवस्था ठिक नभएको २६ र अन्यमा ५५५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update