Harsamaya
 चितवनद्वारा विराटनगरलाई १५७ रनको रनको लक्ष्य 
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोज र विराटनगर किङ्ग्स ।

काठमाडौं - तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५७ रनको लक्ष्य दिएको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १५६ जोडेको हो ।

चितवन राइनोजले पावर प्लेमै ५० रन जोडेको थियो । राइनोजका तर्फबाट ब्याटिङ गर्दै डेभिड मलानले सर्वाधिक ७० रन बनाए । 

यस अघि विराटनगरले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update