Harsamaya
एनपीएल आजदेखि सुरु, आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजबाट सुरु । 

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजबाट सुरु हुदैछ । 

आज बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिडनेछन्।  पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

यसैबीच प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ । 

यसका साथै प्रतियोगिताको सबै तयारी लगभग पूरा भएको समेत नेपाल क्रिकेट संघ(क्यान) ले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update