एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ ।
आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो ।
प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ सम्म हुनेछ । प्रतियोगितामा दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३ १७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

