Harsamaya
त्रिशूली अस्पतालमा १६ घाइते उपचाररत, डिजेल अभावले सेवा प्रभावित हुने चिन्ता
त्रिशूली अस्पताल ।

नुवाकोट - रसुवाको भोटेकोसीमा आएको बाढीपछि उद्धार गरिएका १६ जना घाइते त्रिशूली अस्पतालमा उपचाररत छन्। अस्पतालका अनुसार दुई जनाको अवस्था गम्भीर छ भने १४ जनाको अवस्था स्थिर रहेको छ।

अस्पतालका अनुसार एक जना घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि उद्धार गर्नुपर्ने अवस्था रहेको छ।

यसैबीच अस्पतालमा डिजेलको अभाव देखिएको छ। अस्पतालमा करिब २०० लिटर डिजेल मौज्दात रहेकामा अब ५ देखि ६ घण्टाका लागि मात्र पुग्ने अवस्था रहेको जनाइएको छ।

आपत्कालीन अवस्थामा अस्पतालको सेवा सञ्चालनका लागि डिजेल आवश्यक रहेकाले त्रिशूली आसपासका सहयोगी तथा दातालाई डिजेल सहयोग गर्न अस्पतालले अपिल गरेको छ।

डिजेल अभावबारे सम्बन्धित माथिल्लो निकायलाई समेत जानकारी गराइसकिएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update