Harsamaya
पोखरीमा डुबेर बालकको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रौतहट - रौतहटको परोहा नगरपालिका–५ रमनगरका १० वर्षीय बालक नासिर कलामको पोखरीमा डुबेर मृत्यु भएको छ । 

स्थानीय शेख नसरुल हकका छोरा नासिर कलाम आज सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेका थिए । 

प्रहरीले बालकको शव शवपरीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update