सर्पले डस्दा ५८ वर्षीया महिलाको मृत्यु
सुर्खेत - चौकुने गाउँपालिका–१० चालिखेकी ५८ वर्षीया देउमा कामीको सर्पको डसाइबाट मृत्यु भएको छ।
आज बिहान भाँडा माझ्ने क्रममा कामीलाई दायाँ हातको चोर औँलामा सर्पले डसेको थियो। त्यसपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएकी उनको स्वास्थ्य जाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले घटनाको जानकारी दिएका हुन् ।
चौकुने गाउँपालिका वीरेन्द्रनगरदेखि करिब ७० किलोमिटरको दूरीमा रहेको छ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३ १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

