Harsamaya
ब्राउन सुगरसहित भारतीय नागरिक नियन्त्रणमा
सांकेतिक तस्वीर: हर समय/Har Samaya

झापा - झापामा ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

मंगलबार राति करिब ९:४० बजे झापा गाउँपालिका–३ कत्लामारीमा प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७एबी ५८५९ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा भारतको किशनगञ्ज जिल्ला धनतोला मोहमारी निवासी करिब २२ वर्षीय एमडी फारुकको साथबाट ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले फारुकलाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update