Harsamaya

काठमाडौं  - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद मन्त्रीले सांसद थर्काउने थलो नभएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले संसद मन्त्रीले सांसद थर्काउने थलो नभई सांसदले सरकारलाई प्रश्न गर्ने र सरकारले जवाफ दिने ठाउँ भएको बताएका हुन् । 

उनले सरकारको १०० दिन सकिएकाले अब प्रधानमन्त्री संसदमा आएर जनतालाई आश्वस्त पार्नुपर्नेमा जोड दिए । 

सरकारी तथ्याङ्क अनुसार नै महँगी गत वर्षको तुलनामा दोब्बर बढेको भन्दै उहाले महँगीको प्रत्यक्ष मार गरिब र श्रमिक वर्गमा परेकाले सरकार भ्रमबाट मुक्त हुनुपर्ने बताए । 

गरिबीको पीडाबोध गर्दै महँगी, कालाबजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिन उनले माग गरे । 

उनले गृहमन्त्रीको सम्पत्ति छानबिन गरेपनि प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाए । 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update