Harsamaya
पूर्वमन्त्रीले बस्नेतले गरे गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग
नेपाली कांग्रेसका नेता मोहन बस्नेतले मृतककी आमालाई अर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् ।

काठमाडौं - नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

आईतबार मृतक नेपालीका परिवारलाई भेट्न पुगेका नेता बस्नेतले मृतककी आमालाई भेटेर सो अर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो रकम हस्तान्तरण गर्दे नेता बस्नेतले विकट जिल्लामा रहेका मृतकका परिवारको अर्थिक अवस्था कमजोर रहेको कारण आफूले तत्काल नगद १ लाख सहयोग गरेको बताए । उनले मृतक नेपालीको बच्चालाई महानगरले सहयोग नगरे स्नातकसम्म निःशुल्क पढाउने समेत वचन दिए । 

नेता बस्नेतले यस अघि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी पहिरोमा परेर प्रभावित भएका ३०० भन्दा बढीलाई काठमाडौँ ल्याएर पढाएको समेत जानकारी गराए । नेता बस्नेतले सरकारले सवारीसाधनमा लगाउने भनिएको जरिवानाको मात्रा अन्तराष्टिय स्तरको हेरेर लगाउन नहुने धारणा समेत राखे । उनले सवारी सधनका हकमा जरिवाना थोरै राखेर सचेतना कार्यक्रम प्रभावकारीरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । 

नेता बस्नेतले सरकारले बास्तविक सुकुम्बासीहरुको पहिचान गरेर व्यबस्थापन गर्न नसकेको टिप्पणी गरे । उनले सरकारले सय दिनमा प्रणालीलाई भत्काउने काम गरेको आरोप समेत लगाए ।  नेता बस्नेतले सरकार सय दिनमा प्रतिशोध साध्ने कुरामा बढी केन्द्रीत भएको उल्लेख गर्दे जनमुखी काममा भने पछाडि रहेको टिप्पणी गरे । 

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १७:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update