Harsamaya
सत्तापक्ष दलका सांसदहरू निरीह देखिए - बर्षमान पुन
नेपाली कम्युनिष्ट पार्टीका नेता बर्षमान पुन ।

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका नेता बर्षमान पुनले सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिएको टिप्पणी गरेका छन् । 

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरि सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिएको टिप्पणी गरेका हुन् । सत्तापक्षका सांसदहरुले आफ्नो क्षेत्रका बिषय उठाउन नसक्दा आगामी दिनमा उनीहरुमाथि नै जनताले प्रश्न उठाउन सक्ने उनले बताए । 

त्यस्तै उनले ढिलो गरि संसदको अधिवेशन आह्वान भएका कारण बजेट केन्द्रीत छलफलहरु छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे । सरकारको नियत संसद छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन आफूहरुले ध्यानाकर्षण गराएको उनले बताए । 

उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने धारणा राखे । 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update