Harsamaya
टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी
टर्किस एयरलाइन्स ।

काठमाडौं - टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । 

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो ।  ‘आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ’, उनले भने, ‘अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।’
    
उनका अनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको थियो । अहिले प्राविधिक जाँच भइरहेको सिलवालले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  ०८:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update