नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात
काठमाडौं - चालु आर्थिक वर्ष (आव) २०८२/८३ को नौ महिना अर्थात चैत सम्म नेपालबाट साढे १० अर्ब रुपैयाँ भन्दा धेरैको अलैँची निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्त सम्म नेपालले १० अर्ब ७० करोड रुपैयाँको ५ हजार २ सय ९५ मेट्रिक टन अलैँची निर्यात गरेको हो ।
गत आवको सोही अवधिमा नेपालले ६ अर्ब २६ करोड रुपैयाँको ३ हजार ४४४ मेट्रिक टन मात्रै अलैँची निर्यात गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३ ०९:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

