Harsamaya
‘ब्रिजकोर्स’सबै बन्द गर्ने निर्णयबाट पछि हट्यो शिक्षा मन्त्रालय, अब कानुनी मापदण्डलाई आधार बनाउने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ।

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षाका विभिन्न तह लक्षित कार्यक्रम प्रचलित कानुनबमोजिम सञ्चालन नभएको भए बन्द गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा आज जारी विज्ञप्तिमा नवनियुक्त मन्त्री सस्मित पोखरेलले गरेको निर्णयका आधारमा विद्यालय तहका विभिन्न कक्षामा भर्ना लिन प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिजकोर्सका नाममा विभिन्न संस्थाले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रम बन्द गराउन निर्देशन दिइएको उल्लेख छ । आगामी वैशाख १ गतेदेखि पूर्णरुपमा बन्द गराउने निर्णयबमोजिम यस्तो निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ । 

‘निर्धारित कानुनी मापदण्डअनुरुप त्यस्ता कार्यक्रमहरु सञ्चालन भए नभएको अनुगमन गरी प्रचलित कानुबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ । 

यसअघि सरकारले कुनै अनुसन्धान नगरी सबै ब्रिजकोश वैशाख १ गतेदेखि बन्द गर्ने बताएको थियो । आफ्नै निर्णबाट पछि हट्दै  मन्त्रालयले कानुन बमोजिम सञ्चालन भए नभएको हेर्ने जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update