देउवाको बुढानीलकण्ठस्थित घर भत्काउन प्रशासनको रोक
काठमाडौं - पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने काममा स्थानीय प्रशासनले रोक लगाएको छ।
जेनजी प्रदर्शनका क्रममा आगजनी भएको उक्त घर भत्काएर नयाँ संरचना निर्माण गर्ने प्रयास भइरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा काम रोकिएको हो। प्रहरी स्रोतका अनुसार प्रहरीले भत्काउने काम तत्काल स्थगित गराउँदै त्यहाँ कार्यरत कामदारलाई हटाएको छ।
भदौ २४ गते प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा उक्त घरबाट डलर तथा नेपाली रुपैयाँ फेला परेको थियो। उक्त रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संकलन गरेर राखेको बताइएको छ।
यस घटनापछि देउवा र उनकी पत्नी आरजु राणामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको उच्च सरकारी स्रोतले जनाएको छ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२ १२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

