काठमाडौँ - प्रतिनिधिसभाको नयाँ कार्यकाललाई औपचारिक रूपमा अघि बढाउने क्रममा आज महत्वपूर्ण चरण सुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले नव-निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे आयोजना हुने उक्त समारोहसँगै नयाँ संसद्को प्रक्रिया अघि बढ्नेछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य हुन् । उनी नेपाली काँग्रेस बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा पुगेका हुन् ।
निर्वाचन परिणामअनुसार प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन् । अब ज्येष्ठ सदस्य केसीले नै यही चैत १२ गते अन्य सबै सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।

