निमा लामा आदिवासी जनजाति महासंघको अध्यक्षमा निर्वाचित
काठमाडौं - नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट निमा लामा अध्यक्षमा निर्वाचित भएका छन्।
महासंघको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट लामा अध्यक्षमा चयन भएका हुन्। कुल ५४ मत मध्ये ५१ मत खसेको थियो । जसमा लामाले ३९ समुदायको मत पाएका थिए भने उनका प्रतिद्वन्दी जीवन हातेछु राईले ११ समुदायको मत पाएका थिए ।
गत चैत्र ५ गते उद्घाटन भएको महासंघको अधिवेशनको ६ र ७ गते बन्द सत्र भएको थियो । गएराति निर्वाचन भएर नेफिनले आज नयाँ नेतृत्व पाएको हो ।
नेफिन नेपालका आदिवासी जनजाति समुदायहरूको अधिकार, पहिचान र प्रतिनिधित्वका लागि काम गर्ने एक छाता संगठन हो । १९९० मा गठन भएको यो संस्थाले आदिवासी जनजाति समुदायको अधिकार र पहिचानको संरक्षण गर्दछ ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०८२ ०९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

