Harsamaya
गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप
एमाले नेता गोकुल बास्कोटा ।

काठमाडौं - एमाले नेता गोकुल बास्कोटाले शेर बहादुर तामाङले आफूमाथि सार्वजनिक रूपमा आक्रमणात्मक टिप्पणी गरेको आरोप लगाएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले आफ्नो मत राखेकै कारण तामाङले आफूमाथि सार्वजनिक रूपमा आक्रमण गरेको दाबी गरेका हुन् ।

‘भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लगेछन,’  बास्कोटाले लेखेका छन् ।

उनले तामाङलाई पद प्राप्तिका लागि गुट बदल्ने मात्र नभई आवश्यक परे पार्टी नै फुटाउन पछि नपर्ने चरम अवसरवादी पात्र भएको आरोप समेत लगाएका छन् ।

‘म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटक–पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन। ०३८ यताका इतिहास हेरौँ न,’  बास्कोटाले उल्लेख गरेका छन् ।

दुवै नेता एमालेका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । पछिल्लो समय पार्टीभित्र विभिन्न विषयमा नेताहरूबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप हुने क्रम बढिरहेको देखिएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update