आवेग, उत्तेजना र बदलाको भावना छोडेर संयम र जिम्मेवारीपूर्वक अघि बढ्नु आवश्यक छ - पूर्णबहादुर खड्का
काठमाडौं - नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको नतिजा पार्टीका लागि गम्भीर सन्देश भएको बताएका छन्।
उनले मतदाताहरूको निर्णयलाई पार्टी सुधार र आत्मावलोकनको अवसरको रूपमा हेरिनुपर्ने बताएका छन्। खड्काले भने, ‘अब हामीले आवेग, उत्तेजना र बदलाको भावना छोडेर संयम र जिम्मेवारीपूर्वक अघि बढ्नु आवश्यक छ। अस्वाभाविक महत्वाकांक्षा र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक–वृहत् एकताका लागि निष्ठा र समर्पण भावका साथ काम गर्नु हाम्रो नैतिक कर्तव्य हो।’
पूर्व कार्यवाहक सभापतिले यस अवस्थालाई काँग्रेसको सशक्तीकरण र भविष्य निर्माण गर्ने अवसरको रूपमा प्रस्तुत गरेका छन् । ‘हाम्रा अगाडि खडा भएको हिमालयन चुनौतीको सामना गर्ने यो उपयुक्त बाटो हो,’ उनले भनेका छन्।
प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२ २२:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

