Harsamaya
उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन
उज्यालो नेपाल पार्टी।

काठमाडौं - उज्यालो नेपाल पार्टीले केही निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता लिएको भन्ने विषयमा फैलिएको समाचारलाई असत्य र भ्रामक भएको स्पष्ट पारेको छ । 

पार्टीका प्रवक्ता डा.राजु थापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा मोरङ–६, डोल्पा र अछामलगायतका क्षेत्रमा पार्टीले उम्मेदवारी छोडेको भन्ने अफवाह फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीले आधिकारिक रूपमा उम्मेदवारी फिर्ता गराउने कुनै निर्णय नगरेको स्पष्ट गरिएको छ ।

पार्टीले सम्पूर्ण मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै प्रत्यक्षतर्फ ‘चिम’ चुनाव चिन्ह र समानुपातिकतर्फ ‘बाँसुरी’ चुनाव चिन्हमा मतदान गर्न अनुरोध गरेको छ । अत्यधिक मतसहित पार्टीलाई विजयी गराउन सबैमा अपिल समेत गरिएको छ ।

पार्टीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत तथ्यहीन सूचना नफैलाउन तथा आधिकारिक जानकारीका लागि पार्टीका आधिकारिक स्रोतहरूलाई मात्र आधार बनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update