Harsamaya
उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ
नेकपा एमालेका सचिव महेश बस्नेत।

काठमाडौं - नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । उनले भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले फागुन २१ गते चुनाव हुने–नहुने विषयमा राजनीतिक दलहरूमा आशंका रहेको बताए । पछिल्लो सरकारका केही शंकास्पद गतिविधि तथा नेपाली कांग्रेसको दल विभाजनको प्रक्रियाले गर्दा आफूहरू थप सशंकित रहेको उनको भनाइ थियो ।

उनले भने, ‘फागुन २१ गतेको चुनाव होला की नहोला भन्ने आशंकामा दलहरु रहेका थिए । पछिल्लो सरकारका कतिपय शंकास्पद गतिविधिहरु र नेपाली कांग्रेसको दल विभाजको प्रक्रियाले गर्दा अझ शंकामा चाँही हामीहरु थियौं । तर पछिल्लो सरकारका कतिपय गतिविधिहरु र निर्वाचन आयोगका केही प्रक्रियाहरुप्रति केही असहमतिहरु छन् । असहमतिका बाबजुद पनि निर्वाचनमा गइरहेका छौं । तर बढो चनाखो र सतर्कतापूर्ण भएर निर्वाचनमा गइरहेका छौं ।’

उनले पछिल्लो सरकारका केही गतिविधि र निर्वाचन आयोगका केही प्रक्रियाप्रति असहमति रहे पनि त्यसका बाबजुद निर्वाचनमा सहभागी हुने निर्णय गरिएको स्पष्ट पारे ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update