महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
काठमाडौं - नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका हुन् ।
अन्य दलबाट पनि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको छ । आज देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन भइरहेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

