Harsamaya
सिन्धुपाल्चोक–२ बाट कांग्रेसका बंशलाल तामाङ उम्मेदवार
नेपाली कांग्रेसका नेता बंशलाल तामाङ।

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता बंशलाल तामाङले पार्टीको टिकट प्राप्त गरेका छन् ।

विकासप्रेमी र अनुभवी नेताका रूपमा परिचित तामाङ नेपाली कांग्रेस सिन्धुपाल्चोकका महासमिति सदस्य हुन् । उनले यसअघि इन्द्रावती गाउँपालिकाको अध्यक्षका रूपमा कार्यसम्पादन गरिसकेका छन् । स्थानीय तहमा विकास र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको अनुभवका आधारमा पार्टी नेतृत्वले तामाङप्रति भरोसा गरेको कांग्रेस स्रोतले जनाएको छ ।

तामाङको उम्मेदवारी दर्ताका लागि भोलि सदरमुकाम चौतारामा उपस्थित हुन नेता तथा कार्यकर्तालाई आग्रह गरिएको छ ।

यसअघि यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसकै मोहन बस्नेतले निर्वाचन जितेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update