Harsamaya
निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ।

काठमाडौं - निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने स्पष्ट पारेको छ । 

सोमबार आयोगको कार्यालयमा सञ्चारकर्मीग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने र तोकिएको समय अर्थात माघ ६ गते मनोनयन दर्ता हुने बताएका हुन् ।

कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरेर अब माघको ६ गते मनोनयन पत्र दाखिल गर्ने समय आएको उनले बताए । उनले मनोनयन दाखिला प्रक्रियाको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए । 

भण्डारीले निर्वाचन आचारसंहिता लागू भएको अवगत गराउँदै यी सबै कार्यक्रम चार महिना अगाडि प्रकाशित भएको कार्यतालिकाअनुसार कार्यसम्पादन भइरहेको बताए । अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम नहुने उनको भनाइ छ । 

उनले तोकिएकै मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन हुने धारणा राखे । आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्ने र दाखिला भइसकेपछि जाँचबुझ गर्नेलगायतका कानुनी प्रक्रिया अघि बढ्ने नउको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update